काठमाण्डु– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार नयाँ नेतृत्व चयनका लागि भइरहेको मनोनयन दर्ता प्रक्रियामा चालिसेले उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। चालिसेले यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए। विशेष महाधिवेशनपछि उनले पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन्। विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने