काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा महर्जनले खुलातर्फ केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले कांग्रेस सभापतिमा गगनकुमार थापा भारी मतका साथ निर्वाचित हुने दाबी गरे । उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र