वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

  • मङगलबार २० असो २०८३ १०:२३ AM
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद पहिलोपटक थप गरिएको हो। वरिष्ठ उपसभापति पद सभापतिपछिको वरीयतामा रहने व्यवस्था गरिएको छ।