काठमाडौं : मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब २७ करोड मूल्यको सेयर कारोबार भएको थियो।आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ। ३५९ वटा स्क्रिप्सको ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६९ वटा स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो