कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो, अब ६ बजेसम्म

  • मङगलबार २० असो २०८३ ०९:२० AM
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी (मनोनयन) दर्ताको समय थप गरिएको छ । काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । तर, उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न र आकांक्षीहरूलाई सहज होस् भन्ने उद्देश्यले समय थप गरिएको निर्वाचन समितिले जनाएको छ