कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिलाको आर्थिक सशक्तीकरणका लागि साझेदारी

  • मङगलबार २० असो २०८३ ०९:१३ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको दिगो आर्थिक सशक्तीकरण, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी भएको छ । साझेदारीसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा यो सहकार्य अघि बढाएको जनाएको छ । साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच विस्तार, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ... The post कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिलाको आर्थिक सशक्तीकरणका लागि साझेदारी appeared first on Kalika Khabar.