काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति पदमा पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्। यस्तै महामन्त्रीमा डा.सुनिल शर्मा र नैनसिंह महरले मनोनयन दर्ता गराएका हुन्। महिला महामन्त्रीमा डिला संग्रौलाले पनि मनोनयन दर्ता गराएकी छन्। शंकर तिवारीले महामन्त्रीमा मनोनयन दर्ता गराएका छन्।मनोनयन दर्ताको समय बेलुका ६ बजेसम्मलाई तोकिएको छ।काठमाडौंको सभागृहमा उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ ।