काठमाडौं : नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी र फरमुल्लाह मन्सुरले मनोनयन दर्ता गराएका छन्। जारी १५ औं महाधिवेशनअन्तर्गत उनीहरु दुवै जनाले समावेशीतर्फ उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन्। चौधरी अहिले केन्द्रीय सदस्य हुन् भने मन्सुर सहमहामन्त्री हुन्। महाधिवेशन काठमाडौंको खुलामञ्चमा आइतबारबाट सुरु भएको थियो। महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति छनोटका लागि आज मनोनयन दर्ताको काम भइरहेको छ।