काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दोहोरिने प्रयत्न गरेका छन्। विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेलले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट पनि महामन्त्रीमा दोहोरिने तयारी गरेका हुन्।पौडेलले केहीबेरअघि महामन्त्री पदमा मनोनयन दर्ता गराएका छन्। यसअघि महामन्त्री पदमा डा.सुनिल शर्मा र नैनसिंह महरले मनोनयन दर्ता गराएका थिए।काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ।