नयाँदिल्ली- पूर्व भारतीय कप्तान सौरभ गांगुलीलाई दिल्ली क्यापिटल्सले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। गांगुलीले यसअघि दिल्ली क्यापिटल्ससँग ‘डाइरेक्टर अफ क्रिकेट’का रूपमा काम गरिसकेका छन्। उनले सन् २०२५ मा प्रिटोरिया क्यापिटल्सको मुख्य प्रशिक्षकका रूपमा पहिलोपटक कोचिङ जिम्मेवारी सम्हालेका थिए। गांगुलीले आईपीएलमा ५९ खेल खेल्दै १ हजार ३४९ रन बनाएका