कांग्रेस सह-महामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०८:५१ AM
काठमाण्डु- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मनोजमणि आचार्यले सह-महामन्त्रीमा उम्मेदवारी दिएका छन् । खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । तर उनले कुनै पनि पद नलिई बसेका थिए । उनी पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनु पर्छ भन्ने वकालत गर्ने नेता हुन्।