काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार काठमाडौंको खुलामञ्चमा उनले औपचारिक रूपमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी घोषणा गर्दै डा.शर्माले कांग्रेसमा आमूल