काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवाका बाढी प्रभावितहरूलाई सकेसम्म दसैँअघि नै सुरक्षित ठाउँमा पुनःस्थापित गर्ने गरी काम भइरहेको बताएका छन् । सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् । चाडपर्वको माहोल बनाउने लक्ष्यका साथ स्थानीय तहसँग समन्वय गरेर जग्गा पहिचानको काम भइरहेको उनले स्पष्ट पारे । स्थानीय तह, विपद् व्यवस्थापन प्राधिकरण र सरकारमार्फत दिइने राहत तथा क्षतिपूर्तिको समीक्षा गरी समयमै उपलब्ध गराइने जानकारी पनि उनले दिए । पूर्वाधार विकास मन्त्रालयका सचिव पद्म कुमार मैनालीले रसुवा ... The post रसुवा बाढी प्रभावितलाई दसैँअघि नै पुनःस्थापित गरिनेछ : मन्त्री लम्साल appeared first on Kalika Khabar.