कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त

  • मङगलबार २० असो २०८३ ०२:०० PM
वीरेन्द्रनगर :  कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन् । नवनियुक्त मुख्य न्यायधिवक्ता जोसीले मंगलबार पदभार ग्रहण गरेका हुन्। प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्त भएका जोशीले प्रदेश सरकारका कामकारबाहीलाई संविधान, प्रचलित कानुन र विधिको शासनअनुकूल अघि बढाउन आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताले प्रदेश सरकार तथा मातहतका निकायलाई संवैधानिक र कानुनी विषयमा राय