काठमाण्डु– दसैँ, तिहार र छठ पर्वमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले चाडपर्वलाई लक्षित गरी देशभर अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका