इन्धनको मूल्य आकाशिँदा विद्युतीय कारतर्फ आकर्षण : बेलायतमा नयाँ कार बिक्री ७ वर्षयताकै उच्च

  • मङगलबार २० असो २०८३ ०७:२७ AM
काठमाडौं । विश्वभर पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि सवारी साधन प्रयोगकर्ताको आकर्षण वैकल्पिक ऊर्जातर्फ बढ्न थालेको छ । पारम्परिक इन्धनबाट चल्ने सवारी साधन सञ्चालन खर्चिलो बन्दै गएपछि विशेषगरी युरोपेली देशमा विद्युतीय कार (इभी) तथा वातावरणमैत्री सवारी साधनको माग बढ्दै गएको हो । जलवायु परिवर्तनप्रति बढ्दो विश्वव्यापी सचेतना तथा सरकारले पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनमा