मधेसको शिक्षा नीतिमा परिवर्तन अपरिहार्य,बहस शुरु

  • मङगलबार २० असो २०८३ १२:५२ PM
बारा । मधेस प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधार अपरिहार्य रहेको धारण व्यक्त गरिएको छ ।   युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको दुईदिने उच्चस्तरीय संवादमा सहभागी वक्ताले सो धारणा ब्यक्त गरेका हुन् । उनिहरुले शिक्षालाई समयसापेक्ष, व्यवहारिक,  सीपमूलक र जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएका हुन् ।  कार्यक्रममा मधेसको आधारभूत शिक्षा सुधार नगरी उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसकिने भन्दै विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्मै सुधारको आवश्यकता औँल्याइएका थिए । वक्ताहरूले सीप, ज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने बताएका हुन । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मुलुकको समग्र शिक्षा सुधारका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकता दिएको बताए । मधेस प्रदेशको शिक्षामा देखिएका कमजोरी हटाएर गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न शिक्षा ऐनमा व्यापक संशोधनको तयारी भइरहेको उनले जानकारी दिए ।  “म पनि मधेसकै शिक्षकबाट पढेको हुँ, तर अहिलेको मधेसको शिक्षा हेर्दा अचम्म लाग्छ,” सचिव पौडेलले भने, “मधेसको शिक्षा पहिला राम्रो थियो । अहिले किन खस्केको हो