महिनावारी महिलाको जीवनसँग जोडिएको प्राकृतिक प्रक्रिया हो। तर यही प्राकृतिक प्रक्रियालाई हाम्रो समाजले लामो समयदेखि लाज, अपवित्रता र छुवाछूतसँग जोडेर हेर्दै आएको छ। महिनावारी भएकी महिलालाई घरको एउटा कुनामा सीमित गर्ने, भान्सामा जान नदिने वा सामाजिक गतिविधिबाट अलग राख्ने अभ्यास अझै पूर्ण रूपमा हटिसकेको छैन। यस्तो सामाजिक सोच बदल्नु राज्यको दायित्व हो। त्यसैले महिलाको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर रजस्वला अर्थात् मासिक धर्मका समयमा बिदा दिने प्रस्ताव अघि आउनु आफैंमा बहसयोग्य र सकारात्मक