गुमनाम हिमालका हिरोहरू

  • मङगलबार २० असो २०८३ ०१:०१ PM
काठमाडौं : काठमाडौंको कोलाहल छाडेर जब आँखाहरू उत्तरतिर सोझिन्छन्, चाँदीजस्तै टल्कने ती हिमशृंखलाहरूले मानौं कुनै अलौकिक दुनियाँको निमन्त्रणा दिइरहेका हुन्छन्। सर्वाेच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सहितविश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ८ वटा त हाम्रै आँगनमा उभिएका छन्। प्रत्येक वर्ष हजारौं विदेशी आरोहीहरू आफ्नो सपना, महत्त्वाकांक्षा र लाखौं डलरको बजेट बोकेर यहाँ आइपुग्छन्। मिडियामा खबरहरू छाउँछन्, ‘फलानाले यति मिनेटमा शिखर चुमे’, ‘यति वर्षका आरोहीले बना