काठमाडौं : घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर रामेछापमा १ जनाको मृत्यु भएको छ। लिखु तामाकोशी-२ स्थित सैपुमा सोमबार कमेरो खन्न गएका सोमबहादुर महत मृत भेटिएका हुन्।वडा अध्यक्ष सन्तोष पौडेलका अनुसार सोमबार कमेरो खन्न गएका उनी नफर्किएपछि परिवार र स्थानीयले खोजी गर्नेक्रममा आज माटोले पुरिएको अवस्थामा महत फेला परेका हुन्। उनका अनुसार घर नफर्किएपनि भष्मे खोलाको कमेरो खन्ने स्थानमा पहिरो गएकाले पुरिएको हुनसक्ने आशंकामा आज पहिरो पन्छाउने क्रममा महतको शव भेटिएको हो। प्रहरी पनि अहिले घट