प्रस्तावित १३ वटा राजदूतको सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

  • मङगलबार २० असो २०८३ ०१:०० PM
काठमाडौं : विभिन्न १३ वटा देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६गतेदेखि २८ सम्म हुने भएको छ। मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ गतेदेखि गर्ने निर्णय गरेको हो।समिति सभापति बोध नारायण श्रेष्ठले असोज २६,२७ र २८ गते सुनुवाइका लागि मिति तोकेको जानकारी दिए। सभापति श्रेष्ठका अनुसार आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी खोलि समिति सदस्यहरूलाई वितरण गरिएको थियो। प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका