‘मलेसिया रोजगार बन्द हुने डर देखाएर सिन्डिकेट लागू गर्न खोजियो’

  • मङगलबार २० असो २०८३ ०१:०० PM
काठमाडौं : मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमए) मा नेपालका २५ मुख्य र तिनका १०–१० वटा गरी २ सय ७५ म्यानपावर कम्पनीलाई मात्र सूचीकृत गरिएपछि वैदेशिक रोजगार क्षेत्र अझै तरंगित छ। मलेसियाले गत सोमबार सूचना जारी गरी नेपालसहित बंगलादेश, म्यानमार, भारत र पाकिस्तानबाट एफडब्लूसीएमए पोर्टलमा सूचीकृत एजेन्सीमार्फत मात्रै श्रमिक भर्ना गर्ने जनाएको थियो। सीमित एजेन्सीलाई मात्रै समावेश गरी पुनः सिन्डिकेट लाद्न खोजिएको भन्दै यो विषय अहिले नेपाल सरकारका लागि ठूलो टाउ