नयाँ अधिकृत हाजिर नगराएपछि पिपरा गाउँपालिकाको आर्थिक तथा प्रशासनिक अधिकार खोसियो

  • मङगलबार २० असो २०८३ ०६:१५ AM
महोत्तरी- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयका अनुसार गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको यसअघि नै अन्यत्र सरुवा भएको थियो। तर, सरुवा भएको कार्यालयमा हाजिर नगरी उनी पिपरा गाउँपालिकामै कार्यरत रहँदै आएका थिए। यसैबीच मन्त्रालयले पिपरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो।