काठमाण्डु– अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। सभामुख डोलप्रसाद (डीपीं अर्यालको नेतृत्वमा रहेको नेपाली टोलीले चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यका विषयमा छलफल गरेको हो। भेटवार्तामा नेपाल–चीनबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्ने तथा दुई देशका संसद्बीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने विषयमा विचारविमर्श