काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित व्यवसायीलाई राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि बेलआउटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै श्रेष्ठले बाढीका कारण विशेषगरी साना तथा मझौला व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको बताए