रौतहट । जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत पर्साले आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा राजपुतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई वीरगञ्ज कारागार पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ । प्रहरी अनुसन्धानअनुसार २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजपुतसहितको समूहले अनिशमान सिंहको निजी घरमा प्रवेश गरी तोडफोड र आगजनी गरेको आरोप छ । घटनासम्बन्धी जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको ... The post जेनजी आन्दोलनको क्रममा घरमा तोडफोड र आगजनी गर्ने रञ्जन सिंह जेल चलान appeared first on Kalika Khabar.