धानबारीमा लुकाइएको २१० किलो गाँजा बरामद

  • मङगलबार २० असो २०८३ १२:०० PM
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रनजिकै मोरङको जहदास्थित धानबारीमा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारीबाट सोमबार बजेतिर २१० किलो गाँजा बरामद भएको हो । विशेष सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट परिचालित टोलीले राति करिब ९ बजे खोजतलास गर्दा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहाद