काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियान चलाउने, नेतृत्वको आलोचना गर्ने र अनुशासनहीन गतिविधिमा संलग्नलाई माफी दिएको बताएका छन्। गत असोज ५-७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णयबारे सोमबार जारी अन्तरपार्टी निर्देशन-३ मा ओलीले आफूविरुद्ध विगतमा भएका सबै कृयाकलापलाई माफी दिएको उल्लेख गरेका छन्। उनले अनुशासनसम्बन्धी ‘कटअफ बैठक’ र कडा कारबाहीको