काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र मंगलबार पनि जारी छ। बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले पेश गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार हिजो महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित भइसकेको