काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानूनी जटिलता हटाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’मार्फत कानून संशोधन प्रक्रिया अघि बढाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले विद्यमान कानूनी प्रक्रियाका कारण