जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवले पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादवले यसपटक पनि सोही क्लस्टरबाट सहमहामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै यादवले कांग्रेसलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, आचरणमा अनुशासित, शासनमा जवाफदेही र जनतासँग निरन्तर जोडिएको पार्टी बनाउने उद्देश्यले पुनः सोही पदमा उम्मेदवारी दिन लागेको बताए । उनले लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थालाई सुदृढ गर्न, पार्टीलाई एकढिक्का बनाउन तथा बहुदलीय र संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयासविरुद्ध कांग्रेसलाई सशक्त बनाउन उम्मेदवारी दिन ... The post पूर्वसहमहामन्त्री महेन्द्र यादवले पुनः सहमहामन्त्रीमै उम्मेदवारी दिने appeared first on Kalika Khabar.