काठमाडौं :‘बागमती प्रदेशस्तरीय न्यायिक समिति सम्मेलन’सोमबार १५ बुँदे घोषणापत्र जारी गर्दै बूढानीलकण्ठमा भएको छ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले डिजिटल ब्यानर अनावरण तथा पानसमा बत्ती बालेर सम्मेलनको उद्धाटन गरेकी थिइन्।उनले स्थानीय तहको न्यायिक बहसलाई परम्परागत विवाद समाधानमा मात्र सीमित नराखी जलवायु न्यायसम्म विस्तार गर्नुपर्नेमा जोड दिइन्। मल्लले भनिन्,'जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव स्थानीय समुदायले भोगिरहेका छन्। त्यसैले स्थानीय सरकारले जलवायु न्यायल