तास र लंगुरबुर्जा खेल्ने/खेलाउने ११ जना पक्राउ

  • मङगलबार २० असो २०८३ ११:०० AM
झापा  : झापामा प्रहरीले तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले मेचीनगरका छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका सात जना र लंगुरबुर्जा खेलिरहेका चार जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरको पछाडि उत्तरपट्टि रहेको टिनको छानो भएको घरमा जुवातास खेल भइरहेको अवस्थामा छापा मारेको थियो ।  प्रहरीले उक्त घर