एजेन्सी– नाइजेरियामा नियमित उडानमा रहेको सैन्य विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ३२ जनाको मृत्यु भएको छ। दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटनामा परेको हो। विमानमा २५ यात्रु र ७ चालक दलका सदस्य सवार थिए। सुरुमा हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिए पनि नाइजेरियाली वायुसेनाले दुर्घटनामा परेको