गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री गुरुङ

  • मङगलबार २० असो २०८३ ०४:५० AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थालाई चुहाउने पदाधिकारी तथा कर्मचारीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत रहेर संवेदनशील सूचना बाहिर लैजाने प्रवृत्तिलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताएका