सिटिजन्स क्यापिटलले १३ प्रतिशत नगद लाभांश बाँड्ने

  • मङगलबार २० असो २०८३ ०४:५१ AM
काठमाडौं । सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको डिल्लीबजारस्थित कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ