काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेको उजुरी र उनीहरूले समितिमा बुझाएको कार्ययोजना सदस्यहरूलाई उपलब्ध गराइनेछ । १३ जना प्रस्तावित राजदूतविरुद्ध कुल सातवटा उजुरी परेका छन् । तीमध्ये दुईवटा उजुरी सबै