काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो व्यवस्थित र अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर स्थापना गरिरहेको छ । नेपालमा लामो समयदेखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको कम्पनीले बिक्रीपछिको सेवालाई थप प्रभावकारी र सहज बनाउन नयाँ सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ । आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण र