काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज सहभागिता जनाएका छन् । उच्चस्तरीय कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँगै सहभागी भएका उनले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती तथा प्राथमिकताका विषयमा नेपालको धारणा राखे । कार्यक्रमका विभिन्न औपचारिक सत्रमा सहभागिता जनाउँदै उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रभावित मुलुकहरूको साझा सरोकारलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको ... The post परराष्ट्रमन्त्री खनाल टुभालुमा, प्रधानमन्त्री फेलेटीसँग भेटवार्ता appeared first on Kalika Khabar.