विराटनगर : मोरङको धनपालथानमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हुलाकी सडकखण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ मा सोमबार साँझ ६:४० बजेतिर दुर्घटना हुँदा विराटनगर महानगरपालिका–७ मिलन चोकका २२ वर्षीय दिलिप विकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको को १९ प ७७४७ नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको को १९ प २ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। विकलाई उपचारका ला