काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार साँझ नै सार्वजनिक गर्नुपर्ने मतदाता नामावली अर्थात् महाधिवेशन प्रतिनिधिका नामावली मंगलबार बिहान मात्र सार्वजनिक गरिएको छ । अब बाँकी प्रक्रियाहरुपछि कांग्रेस १५औँ महाधिवेशनको महत्वपूर्ण चरण अर्थात् मतदान प्रक्रियामा जानेछ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिमध्ये बहुसंख्यकले गगन थापा नै सभापतिमा आउनुपर्ने बताइरहँदा