काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बहादुर सिंह लामाले १५औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । लामाले मंगलबार बिहान पत्रकार भेटघाटका क्रममा आफू सहमहामन्त्रीमा उम्मेदवारी दिएर अघि बढ्ने घोषणा गरेका हुन् । त्यसो त लामा विशेष महाधिवेशनपछि सहमहामन्त्री बनेका थिए । पार्टीलाई थप बलियो र सुदृढ बनाएर अघि बढाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले