६१४ निजामती कर्मचारीले दिए राजीनामा, सेवा–सर्तबारे अनिश्चितताबीच बढ्यो बाहिरिने क्रम

  • मङगलबार २० असो २०८३ ०२:४६ AM
काठमाडौं । नयाँ निजामती सेवा ऐनको तयारी र प्रस्तावित सेवा–सर्तसम्बन्धी व्यवस्थाबीच पछिल्लो साढे पाँच महिनामा विभिन्न तहका ६१४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। निजामती किताबखानाको विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को वैशाख १ देखि असोज १४ गतेसम्म ३१ जना सहसचिव, १०८ जना उपसचिव, १२६ जना शाखा अधिकृत, ११८ जना नायब सुब्बा तथा खरिदार र १६३ जना कार्यालय सहयोगीसहित अन्य श्रेणीविहीन कर्मचारीले सेवा छाडेका छन्। यस अवधिमा ४ जना सचिव तहका कर्मचारीले समेत राजीनामा दिएका छन्। राजीनामा दिने क्रम पछिल्लो समय थप तीव्र बनेको देखिन्छ। असोज २ गतेसम्म ५३८ जनाले सेवा छाडेकोमा ... The post ६१४ निजामती कर्मचारीले दिए राजीनामा, सेवा–सर्तबारे अनिश्चितताबीच बढ्यो बाहिरिने क्रम appeared first on Kalika Khabar.