ओली–प्रचण्डबीच पुनः राजनीतिक सहकार्यको चर्चा, सरकारविरुद्ध आन्दोलनको तयारी भएको दाबी

  • मङगलबार २० असो २०८३ ०२:५१ AM
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः राजनीतिक सहकार्यको प्रयास भइरहेको दाबी गरिएको छ। राजनीतिक विश्लेषक प्रदीप अधिकारीका अनुसार पछिल्लो समय दुवै नेता राजनीतिक रूपमा चुनौतीमा परिरहेको अवस्थामा उनीहरूबीच सहकार्यको वातावरण बनेको हो। अधिकारीले व्यक्तिगत राजनीतिक भविष्य र सुरक्षासम्बन्धी चिन्ताका कारण ओली र प्रचण्ड पुनः एक ठाउँमा आउन खोजेको दाबी गरेका छन्। अधिकारीका अनुसार वर्तमान सरकारविरुद्ध दसैँ र तिहारपछि ठूला सडक आन्दोलन गर्ने तयारीसमेत भइरहेको छ। उनले संसद् पुनःस्थापनाको सम्भावनालाई केन्द्रमा राखेर सत्ता परिवर्तनका लागि राजनीतिक तथा कानुनी बाटो खोज्ने प्रयास ... The post ओली–प्रचण्डबीच पुनः राजनीतिक सहकार्यको चर्चा, सरकारविरुद्ध आन्दोलनको तयारी भएको दाबी appeared first on Kalika Khabar.