काठमाण्डु– राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने (ल्याण्ड फिलिङ) र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ। परियोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत अन्तिम चरणमा पुगेको हो। लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल