मोरङ र उदयपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु

  • मङगलबार २० असो २०८३ ०१:२० AM
विराटनगर : मोरङ र उदयपुरमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। मोरङको धनपालथान गाउँपालिका–६ मा हुलाकी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।