के गर्दैछन् देउवा ?

  • मङगलबार २० असो २०८३ ०८:०० AM
काठमाडौं : कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा चलिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने पार्टीको आफ्नै महाधिवेशन सम्पन्न गर्ने तयारीमा केन्द्रित भएको छ। गगन थापा नेतृत्वको पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई देउवा पक्षले वडा तहदेखि नै समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाएको हो।देउवा भने आफू निकट बाँकी रहेका केही नेतासँग अदालतको फैसला आफ्नै पक्षमा आउने भन्दै उत्साह भरिरहेका छन्। उनी निकट एक नेता भन्छन्, ‘अदालतको फैसला आफ्नै पक्षमा आउँछ भन्नेमा उहाँ ढुक्क हु