कांग्रेस महाधिवेशन : सुधारको छनक, नेता व्यवस्थापनको ‘तनाव’

  • मङगलबार २० असो २०८३ ०८:०० AM
काठमाडौं : कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनले कांग्रेसको आगामी यात्राका लागि दुई फरक तर परस्पर जोडिएका खाका अघि सारेका छन्। गगनले कांग्रेसले अब कुन राजनीतिक बाटो समात्ने भन्ने प्रश्नको उत्तर खोजेका छन् भने विश्वप्रकाशले त्यो बाटोमा हिँड्ने कांग्रेसको संस्कार, संरचना र कार्यशैली कसरी बदल्ने भन्ने प्रस्ताव पास भएको छ।थापाको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि राष्ट्रिय पुनर्जागरण, आर्थिक रूपान्तरण, स