‘प्रि–कोप लिडर्स इभेन्ट’मा परराष्ट्रमन्त्री खनालले उठाए हिमालदेखि टापुसम्मको मुद्दा

  • मङगलबार २० असो २०८३ ०२:०४ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु संकटमा प्रभावित मुलुकहरूको साझा आवाज बलियो बनाउनुपर्ने धारणा राखेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को आगामी ३१औँ सम्मेलन (कोप–३१) को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुँदै यस्तो धारणा राखेका हुन् । कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँग सहभागी मन्त्री