ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणमा छैन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साह

  • मङगलबार २० असो २०८३ ०७:०० AM
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली नेपालको आफ्नै नियन्त्रणमा नरहेको बताएका छन् । उनले बाह्य निर्भरता घटाएर स्वदेशी उत्पादन र ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्।सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिका कारण इन्धन आपूर्तिमा असर परिरहेकाले नेपालले अब ऊर्जा, कृषि र औद्योगिक उत्पादनमा आत्मनिर्भरत